काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण गरेर यो रेकर्ड हात पारेका हुन्। 'नेपालको पहिचान राख्न सफल भएको छु,' नागरिकन्युजसँग अमेरिकाबाट टेलिफोन सम्पर्कमा पाण्डेले भने, 'देशको नाम राख्न अझै मेहनत गर्न उर्जा मिलेको छ।'
डिल्लीबजारको एनआइसी कलेजबाट दश जोड दुई पूरा गरेका कृष्ण हाल अमेरिकाको कान्सस शहरमा पढाई र कामलाई एकैसाथ अगाडि बढाइरहेका छन्।
भारतका शिशिर हतवारले बनाएको रेकर्ड तोड्दै कृष्णले गिनिज बुकमा आफ्नो नाम दर्ता गरेका हुन्। हतवारले एक मिनेटमा ३० शब्दको उल्टोबाट नाम उच्चारण गरेर रेकर्ड राखेका थिए। कृष्ण अहिले 'रिभर्स स्पेलर' मा विश्वका एक नम्बर बनेका हुन्।
१ हजार ५ सय मानिसबीच कृष्णले आफ्नो कला देखाएका थिए। रमाइलो के थियो भने कृष्णलाई सोधिएका कुनै पनि अक्षरहरु उनलाई यसअघि जानकारी गराइएको थिएन। 'मलाई दिएको सोझो शब्दहरु मैले उल्टोबाट सुनाएको हुँ,' कृष्णले भने। उनले उदाहरण दिँदै संवाददाताको नाम टेलिफोनमै तीब्र गतिमा उल्टोबाट सुनाएका थिए। वुद्ध नेपालमा जन्मेको र सगरमाथा नेपालमा रहेको संदेश उनले रेकर्ड कायम गर्दा प्रवाह गरेका थिए।
नयाँ वर्ष २०७१ को पूर्व सन्ध्यामा उनलाई गिनिज टिम लन्डनबाट रेकर्ड कायम गर्न सकेको 'कन्फर्मेसन' आएको थियो। उनले आधिकारिक उपलव्धीको 'सेलिब्रेसन' भने न्युयोर्कमा गरे।
- See more at: http://nagariknews.com/feature-article/story/16423#sthash.oiJECuPA.dpuf

No comments:
Post a Comment